अब शैक्षिक संस्था पनि सातामा २ दिन विदा

  २०७९ वैशाख १४ गते १७:१९     विकासन्युज

काठमाडौं । विद्यालय तथा क्याम्पस पनि अब सातामा दुई दिन विदा हुने भएको छ ।

सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेसँगै उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत कार्यान्वयन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत लागू हुने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछन् । यसअघि आईतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म विद्यालय सञ्चालन हुँदै आएको थियो ।

सरकारले परीक्षणका रुपमा मात्रै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए ।

सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णयसँगै दैनिक कार्यालय समय थप गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै आगामी जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.