कृषि विकास बैंकमा एस.एम.एस अर्लट सेवा संचालन हुने

  २०७३ साउन २५ गते १०:०३     विकासन्युज

काठमाडौं, २५ साउन । कृषि विकास बैंकले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ । कृषि विकास बैंक र एफ वन सफ्ट प्रा.लि. बीच सोमबार कृषि विकास बैंकको मुख्य कार्यलयमा सो सेवा संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

adbl_service
सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला तथा एफ वन सफ्टका तर्फबाट बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरेका हुन् । उक्त सेवा सम्झौता भएको एक हप्ता भित्रनै संचालन हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.