२०७८ फागुन २२ गते १६:३० विकासन्युज
काठमाडौं । लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार लघुवित्तहरुको पूँजीकोष र प्राथमिक पूँजी सीमाको दोव्वर देखिएको हो ।
राष्ट्र बैंकका अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।
सबैभन्दा बढी पूँजीकोष हुने लघुवित्त भने आरएसडीसी घलुवित्त वित्तीय संस्था देखिएको छ । यस लघुवित्तको पूँजीकोष अनुपात १८. ५० प्रतिशत छ ।
कुन लघुवित्तको कति ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.