२०७८ माघ १० गते १४:४५ विकासन्युज
काठमाडाैं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
आफना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रुपमा वित्तिय सेवा उपलब्ध गराउने उदेश्यले सहकारीले एटिएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जनाएकाे छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार आफना सेवा केन्द्र रहेका सबै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना रहेको छ । जस अनुसार नेपालगञ्जमा समेत एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । यहाँ सञ्चालनमा ल्याइएको संस्थाको तेश्रो एटिएम काउन्टर हो ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरिसकेको छ ।
यो महिना भित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए ।
सहकारीले मोवाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजारभन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.