२०७८ पुष १ गते १७:३६ विकासन्युज
काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
बिहीबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरी गजुरेलले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा।इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।
सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीले न्युरो अस्पतालबाट उपचार सेवा लिँदा हेल्थ प्याकेजमा १५ प्रतिशत, ल्याबमा १० प्रतिशत, रेडीयोलोजीमा १० प्रतिशत,एम्वुलेन्स सेवामा १० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र सर्जरीमा १० प्रतिशत छुट पाउनेछन् ।
नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.