२०७८ मंसिर १० गते १०:३७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियाे) काे व्यवस्थालाई यथावत राखेको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा मार्फत यसअघि भएको सीसीडीबाट सीडी रेसियोको व्यवस्था यथावत राखेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात कर्जा–पूँजी–निक्षेप अनुपात–२०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ,’ समीक्षामा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवकाे माैद्रिक नीति मार्फत ८५ प्रतिशतकाे सीसीडीकाे व्यवस्थालाई खारेज गरेर ९० प्रतिशतकाे सीडी रेसियाेकाे व्यवस्था कायम गरेकाे थियाे ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकले लामो अध्ययन अनुसन्धान गरेर नीति ल्याउनु पर्ने भएकाेले यति छिट्टै नीति परिवर्तन गर्नु पर्ने आवश्यकता नदेखएिको बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.