शाखा कार्यालय र एक्टेन्सन काउन्टर सञ्चालनमा राष्ट्र बैंकको कडाई

  २०७८ असोज २५ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखा कार्यालय तथा एक्टेन्सन काउन्टर खोल्नमा कडाई गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संसोधन गरिएको हो ।

सो संसोधन अनुसार अब काठमाडौं उपत्यकाका महानगरपालिका तथा उपमहानगरपालिकामा शाखा विस्तार गर्नुअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ ।

यसअघि महानगरपालिका र उपमहानगरालिका बाहेकका स्थानमा तथा वाािणज्य बैंकहरु एक आपसमा गाम्भे वा गाभिने तथा प्राप्ती प्रक्रियामा काठमाडौं उपत्यका बाहेककाले मात्र अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।

त्यस्तै प्रादेशिक कार्यालय सञ्चालमा आएको १५ दिनभित्र जानकारी गराउनुपर्नेमा घटाएर ७ दिन बनाईएको छ ।

यस्तैगरी, कुनै सरकारी निकाय मार्फत हुने सरकारी कारोबारलाई लक्षित गरी एक्टेन्सन काउन्टर स्थापना गर्दा सरकरी निकाय जुनसुकै तहको पालिकामा अवस्थित भएतापनि राष्ट्र बैंकको बैंकिङ विभागबाट पूर्व सहमती लिनुपर्नेछ । यसअघि सो व्यवस्था रहेको थिएन ।

सम्पर्क कार्यालय खोल्न पनि कडाइ गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सम्पर्क कार्यालय खोल्न परे राष्ट्र बैंकसँग स्वीकृति लिनु पर्नेछ । सम्पर्क कार्यालयले निक्षेप संकलन र ऋण दिने काम गर्न पाउने छैन् ।

कुनै पनि प्रकारको कर्जा आधार दरभन्दा तल दिन नपाइने व्यवस्था गरिएको छ । यसअघि विपन्न वर्गमा जाने ऋणको ब्याज आधार दरभन्दा पनि तल दिन पाइने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.