दशैं/तिहारमा बैंकरलाई १२ दिन बिदा, कुन–कुन दिन घर बस्न पाइन्छ ?

  २०७८ असोज २३ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दशैं तथा तिहारमा १२ दिन बिदा दिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले असोज महिनामा घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले २१ गते घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ । असोज २६ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् भने असोज ३० गतेसम्म सो बिदा हुनेछ । असोज ३१ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरु खुल्नेछन् ।
यस्तै, तिहारमा पनि बिदाको व्यवस्था गरेको छ । तिहारमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म कर्मचारीहरुले बिदा पाउनेछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तिहारमा पनि ४ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले कर्मचारहरुका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ ।
कात्तिक २४ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीको बिदा छट्याइएको छ । २५ गतेको बिदा भने किँरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् ।

राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुको हकमा सम्बन्धित कर्मचारीहरुले स्वयम घोषणा गरी सम्बन्धि विभाग, कार्यालय वा हाशाखामा अग्रिम जानकारी गराउनु पर्ने उल्लेख पनि गरेकाकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.