यस कारण कुमारी बैंक एनसीसीसँगको मर्जको विपक्षमा–अमिर प्रताप राणा

  २०७३ असार ३१ गते १३:४०     विकासन्युज

काठमाडौं, ३१ असार । एनसीसीसहित ४ वटा विकास बैंकसँग मर्जमा जाने कुमारी बैंक सञ्चालक समितिको ८ महिना लामो प्रयास शुक्रबार सम्पन्न साधारणसभाबाट विफल भएको छ । मर्जको पक्षमा कम्तिमा ७५ प्रतिशत मत हुनुपर्नेमा मर्जको विपक्षमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।
Amir-pratap-rana
रोचक पक्ष के छ भने शुक्रबारसम्मन्न विशेष साधारणसभामा भीआईपी नामधारीसहित १९ जना सेयरधनीले कम्तिमा दुई घण्टा मर्जको पक्षमा आफ्नो विचार राखे । तर अन्तिम वक्ता अमिर प्रताप राणाले जम्मा ८ मिनेट आफ्नो विचार राखे मर्जको विपक्षमा । अमृतभोगको हलमा खचाखच सेयरधनीले उनको हरेक तर्कमा समर्थन गर्दै गट्टटट ताली बनाए । अन्तत राणाको विचारको पक्षमा र सञ्चालक समितिको प्रस्तावको पक्षमा सेयरधनीले मतदान गरे ।

प्रस्तुत छ साधारणसभामा राणाले व्यक्त गरेको विचारको मुख्य अंश ।

जब कुमारी बैंकको सञ्चालक समितिले एनसीसीलगायत अन्य ४ वटा विकास बैंकसँग मर्जमा जार्ने सम्झौता गर्यो, तब मैले यो प्रक्रियालाई नजिकबाट अध्ययन गर्न थाले । बैंक सञ्चालक समितिले, मर्जर कमिटिले दिएको तथ्याङ्कहरु अध्ययन गरेँ ।

ती तथ्याङ्कहरु मलाई राम्रो लागेन । मैले अन्य लगानीकर्ता साथीहरुसँग आफूले देखेको कुरा गरे । प्रवद्र्धकहरुसँग पनि कुरा गरे, साधारण सेयरधनीहरुसँग पनि कुरा राखे । सत्य तथ्य, वास्तविकता जे हो, त्यो भने । उहाँहरुको कुरा पनि सुने ।

उहाँहरुले पनि ‘यो त राम्रो भएन, सत्य तथ्य कुरा लगानीकर्तासम्म आएकै छैन’, भनेर भन्नुभयो । मर्जर प्रक्रियामा विशेष साधारणसभा गर्नै पर्छ, त्यतिबेला आफ्नो कुरा राख्छु पर्छ भन्ने कुरा भयो । साधारणसभाबाट नै उचित निर्णय लिनुपर्छ भन्ने कुरा भए ।

त्यसपछि डिडिए रिपोर्ट आयो, मर्जको लागि तय भएको स्वाप रेसियो हामीलाई देखाईयो । एनसीसीको १०० हुँदा कुमारीको ९८ रुपैयाँ देखाईयो । अरु चार विकास बैंकहरुमा कसैको ८०, कसैको ७५, कसैको ७०, एउटाको ५० भन्दा पनि कम देखियो ।

कुमारीको ९८, एनसीसीको १०० ? यो कसरी हुन सक्छ ? मैले डीडीए गर्दा लिएका आधारहरु विश्लेषण गर्न लगाए । सिनियर अटिरहरुलाई अध्ययन गर्न दिए । निष्कर्ष के आयो भने कुमारीको १०० हुँदा एससीसीको ८० भन्दा कम हुनुपर्ने । (फ्लोरमा गटट्ट् ताली)
kumari_bank_agm
विकास बैंकहरुको ५० भन्दा माथि कुनैको पनि हुन सक्दैन । (फ्लोरमा गटट्ट् ताली)

अब त मनले मानेन । यो त हुने कुरै भएन ।

यो मर्जको स्वाप रेरियो मुलतः नेटवर्थमा आधारित छ । अन्टराष्ट्रिय मापदण्ड फरक छ । नेटवर्थ, एनपीए, एनबीए, ऋणहरुको अवस्था लगायत ७/८ वटा मापदण्डका आधारमा स्वाप रेसियो निर्धारण गरिनुपथ्र्यो, त्यो यहाँ भएको छैन ।

पूर्ववक्ता साथीहरुको कुरा सुनेँ । मर्जमा नगए राष्ट्र बैंकले कारवाही गर्छ, झन समस्या आउँछ ।

मलाई त्यस्तो लाग्दैन । यो विशेष साधारणसभाले एनसीसी लगायत चार विकास बैंकसँग मर्जमा जाने प्रस्तावको विपक्षमा निर्णय गर्दा कुनै पनि कानुनको उल्लंघन हुँदैन । विशेष साधारणसभाले मर्जमा नजाने निर्णय गर्दा राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्छ भन्ने मलाई लाग्दैन । साधारणसभाको निर्णय राष्ट्र बैंकले मान्छ । हामी कानुनअनुसार चल्ने हो भने राष्ट्र बैंकले पनि हाम्रो निर्णयलाई कदर गर्छ । (फ्लोरमा गटट्ट् ताली)

म यो फ्लोरलाई महत्वपूर्ण कुरा सुनाउँछु । तपाईहरुलाई भनिएको छैन । समस्या लुकाएर हुँदैन । कुमारी, एनसीसीसहित चार वटा विकास बैंक मर्जपछि बन्ने संस्थाले कम्तिमा तीन वर्ष लाभांश दिन सक्दैन । यो मेरो भनाई होइन, मर्जरका लागि गरिएको डिडिए रिपोर्टले दिएको निष्कर्ष हो । रिपोर्टमा आफ्टर मर्ज (मर्जपछिको अवस्था) शिर्षकमा यस्तो लेखिएको छ । (फ्लोरमा ताली)

एनसीसीसँग मर्ज हुँदै गरेको विकास बैंकहरु मध्ये केही विकास बैंकमा अधिक बढी कर्मचारी रहेछन् । उनीहरुले यसअघि नै फाइनान्स कम्पनीसँग मर्ज गरेकाले बढी कर्मचारी हुन गएको रहेछ । ६ वटा बैंक मर्ज हुँदा करिव १४ सय कर्मचारी हुनेरहेछ ।

कुमारी बैंकसँग ३६ अर्ब निक्षेप छ । कर्मचारी साढे ३ सय कर्मचारी छन् । ६ संस्था मर्ज हुँदा निक्षेप करिव ७८ अर्ब हुन्छ । विजनेश करिब ११५ प्रतिशतले वृद्धि हुँदा कर्मचार ३०० प्रतिशतले वृद्धि हुन्छ । ७०० देखि ८०० कर्मचारी भए पुग्ने ठाउँमा १४०० कर्मचारी राखेर, बल्छि बजार बनाएर हुन्छ ? यस्तो संस्था कसरी चल्छ ? मर्जको मुख्य उदेश्य थोरै कर्मचारीले धेरै विजनेश हेण्डल गर्छ, बढी नाफा दिन्छ भन्ने हो । तर त्यो उदेश्य एनसीसीसँगको मर्जबाट सम्भव छैन । (फ्लोरमा ताली)

मर्जपछि सेयर पुँजी ३०६ प्रतिशतले बढ्छ तर विजनेश ११५ प्रतिशतले मात्र बढ्छ । यस्तो मर्ज गरेर कसरी नाफा हुन्छ ? नाफा छैन, फाइदा छैन भने किन मर्जमा जाने ? (फ्लोरमा ताली)

kumari_bank_votingअब तपाई मर्जमा जाने पक्षमा हुनुहुन्छ ? म त मर्जको पक्षमा छैन । बाटोमा अगाडि खाल्टो देख्दा देख्दै म त अगाडि बढ्ने पक्षमा छैन ।
हामी मर्जमा जाने हो भने मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ हुन्छ । त्यसपछि बैंकले बोनस सेयर, हकप्रद सेयर केही पनि दिदैन । जब बोनस सेयर, हकप्रद सेयरको सम्भावना हुँदैन, बजारमा सेयरको मूल्य निकै तल जान्छ । मर्जमा गएपछि हामी सबैलाई घाटा हुन्छ भने हामी किन मर्जमा जाने ? (फ्लोरमा ताली)

मर्जमा जान हुँदैन भन्ने पक्षमा भोट दिन म तपाईहरुलाई आग्रह गर्छु । धन्यवाद ।

AGM-voting

र यो पनि 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.