२०७८ असोज १३ गते १३:१२ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो ।
यससँगै बैंकले लगातार दोस्रो वर्ष उक्त उपाधि पाएको छ । यो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सकृय साझेदार बैंकको रूपमा देखिएको छ ।
एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको बैंकले जनाएको छ ।
हालको कोभिड-१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुबाट सम्मान गरिएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.