२०७८ असोज ८ गते १७:१८ विकासन्युज
काठमाडाैं । नबिल बैंकले धादिङ्ग जिल्लाकाे गल्छी गाउँपालिकासँग दिगाे बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झाैता गरेकाे छ । बैंकले उक्त गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी साे सम्झाैता गरेकाे हाे ।
नबिल बैंकका तर्फबाट वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झाैतामार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
नबिल बैंकले गत असार १५ गते धान दिवसकै दिन नबिल दिगाे बैंकिङ्गकाे सुरुवात गरेकाे हाे । सरकारकाे दिगाे विकासकाे लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगाे बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेकाे हाे ।
कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेकाे छ । बैंकले ग्रामिण क्त्रषेमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि यन्त्रकै व्यवसायिकरण र उद्यमशिलता विकासकाे लागि ल्याएकाे याे कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.