मोटरसाइकल किन्नेलाई धक्का, मूल्य बढ्ने

  २०७८ भदौ २६ गते १२:४४     विकासन्युज

काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेसँगै अब दुई पाँग्रे सवारी साधनहरुको मूल्य पनि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएसँगै अब मोटरसाइकलको मूल्य पनि बढ्ने भएको हो ।

यसले अब नयाँ मोटर साइकल खरिद गर्नेहरुलाई बढी आर्थिक भार पर्ने देखिएको छ । सरकारले यो निर्णयले नयाँ मोटरसाइकल खरिद गर्न चाहनेका लागि मर्का परेको छ ।

सरकारले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुलक वृद्धि गरेको छ । यसअघि यस्तो मोटरसाइकलमा लागि ४० प्रतिशत मात्रै कर अन्तःशुल्क लाखग्थ्यो । अब ५० प्रतिशत लाग्ने भएको छ ।

२ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

यसअघि यस्तो बाइकमा ५० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, ५ सयदेखी ८ सय सीसी क्षमतासम्मका मोटरसाइकलको अन्तःशुल्कमा २० प्रतिशतको वृद्धि गरेको हो । यसअघि ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ ।

विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले अहिले दशैं तिहार अफरमा विभिन्न किसिमका छुटका अफरहरु ल्याएका छन् । उनीहरुले अब मूल्य बढाएर अफरहरु सार्वजनिक गर्नेछन् ।

सरकारले कर बढाएपछि व्यवसायीहरुले पनि स्वतः वस्तुको मूल्य बढाउने भएकोले पनि मोटरसाइकलको मूल्य बढ्ने देखिएको हो । धेरै मानिसहरुको चाडपर्वको समयमा विशेष छुटमा गाडी वा मोटरसाइकल खरिद गर्ने चाहना हुन्छ । यही समयमा सरकारले अन्त:शुल्क बढाएर नयाँ मोटसाइकल खरिद गर्न चाहना हुनेहरुलाई थप आर्थिक भार व्यहोर्न बाध्य बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.