रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल मिटिवोर ३५० सीसी सार्वजनिक

  २०७८ साउन १३ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ ।

मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर र सुपरनोभा गरी तीनवटा भेरियन्ट रहेका छन् जसमा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभाको दुई रंगहरुमा उपलब्ध हुनेछन् ।

मिटिवोर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एउर वइल कुल्ड, एसवोएचची इन्जिन रहेको छ ।

इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रोनिक फियुल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुयल च्यानल एबिएस पनि राखिएको छ ।

यस मोटरसाइकलमा टर्न टु टर्न न्याभिगेसनको लागि गुगलसागको साझेदारीमा बनाइएको ट्रिपल पाेड र मोबाइल फोन चार्ज गर्नको लागि बनाइएको युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ ।

विवेक अटोमोबाइल्सले आफ्नो १९ वटा शाखा तथा डिलरहरुमा बिक्रि सुरु गर्न जनाएको छ ।

कम्पनीको अनुसार मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.