राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रामशरण पुडासैनी लिए शपथ

  २०७८ असार २१ गते १८:२३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंक संचालक समितिको आईतबार(असार २० गते) बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.