सिद्धार्थ र युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु

  २०७३ असार ७ गते ८:०७     विकासन्युज

काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले जनाएको छ ।

Merger-Ceremony-1-(1)बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । बैंकले आगामी दिनहरुमा एक सबल र सुदृढ बैंकको रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ ।

मर्जर पश्चात् सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । साथै, बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा र १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिले जनाएको छ । हालसम्ममा ६२ अर्ब १० करोड रुपैयाँ कुल निक्षेप संकलन गर्न र ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकले जानकारी गराएको छ ।

मर्जर पश्चात् बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.