महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने, कति बजे ?

  २०७७ फागुन १२ गते १७:०९     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर(आईपीओ) आगामी फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाको आईपीओ सो दिन बिहान ८ बजे हात्तिसार स्थित रहेकाे नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा हुने भएको हो ।

लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

One comment on "महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने, कति बजे ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.