२०७७ फागुन ११ गते ११:४० विकासन्युज
काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ पुनर्बीमा कम्पनी ‘काठमाडौं रिइन्स्योरेन्स’ छिट्टै आउने भएको छ । कम्पनी स्थापनाका लागि सबै तयारीहरु पूरा गरेर काम अन्तिम चरणमा रहेको बताइएको छ ।
सो काठमाडौं रिइन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ कायम गरेको छ भने कम्पनीको जारी पुँजी १० अर्ब र तत्कालको पुँजी ७ अर्ब रुपैयाँ रहेको बताइएको छ ।
जसमा ७० प्रतिशत (४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत कायम हुने बताइएको छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिचमा वा पुरर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको छ ।
सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ जना सदस्यीय सञ्चाक समिति रहनेछ ।
कम्पनीको संस्थापकमा बीमा समितिका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईँ, नेपाल बिमक संघका पूर्व अध्यक्ष रमेश कुमार भट्टराई र ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट छन् ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.