२०७७ माघ ८ गते १०:५६ विकासन्युज
काठमाडाैं । बिहिबार सुनकाे मूल्य ६०० ले उकालाे लागेकाे छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९३ हजार १ सय रुपैयाँ पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ६ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतिताेला १२७५ रुपैयाँ पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.