२०७७ पुष २९ गते ११:३१ विकासन्युज
काठमाडाैं । सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुनेभएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट, इन्कोडिग कस्ट, प्रचारप्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए ।
नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर फिल्म उद्याेगका सबै गतिविधिहरु गर्न पनि अनुमति दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शनसँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको अध्यक्ष अधिकारीले बताए ।
चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए ।
उनले यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.