सरकारले चलचित्र उद्योगलाई अनुदान दिने, माघ १ गतेबाट सिनेमा घर खुल्ने

  २०७७ पुष २९ गते ११:३१     विकासन्युज

काठमाडाैं । सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुनेभएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट, इन्कोडिग कस्ट, प्रचारप्रसार तथा पब्लिसिटिमा आर्थिक अनुदान दिने निर्णय भएको बताए ।

नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर फिल्म उद्याेगका सबै गतिविधिहरु गर्न पनि अनुमति दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शनसँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको अध्यक्ष अधिकारीले बताए  ।

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए ।

उनले यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.