गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको ११.४० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८६ करोड ४० लाख पुग्याे

  २०७७ पुष २८ गते १७:४०     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रस्तावित ११.४० प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.४० प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

बोनस सेयर वितरण गरे पश्चात यस संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ हुने छ । साथै, हालसम्म निक्षेप ६ अर्ब १३ करोड रुपैयाँ तथा कर्जा ४ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

संस्थाको १९औं वार्षिक साधारण सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा सम्पन्न भएको हो ।

यस संस्थाको प्रधान कार्यालय सहित जम्मा २१ वटा शाखा कार्यालयहरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.