सरकारले ३ महिनामा २ खर्ब खर्च गर्यो, राजश्व संकलन लक्ष्य नजिक

  २०७७ कार्तिक ३० गते ११:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले २ खर्ब रुपैयाँ खर्च गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असोजसम्म सरकारले २ खर्ब १ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको हो ।

यो खर्च अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सरकारले १ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको थियो ।
तीन महिनामा पूँजीगत खर्च भने १५ अर्ब ५ करोड रुपैयाँ मात्र भएको छ । यो अवधिमा चालु खर्च १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.५० प्रतिशत बढी हो ।

यस्तै, वित्तीय व्यवस्थामा तीन महिनाको अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आवको तुलनामा १८.४१ प्रतिशत बढी हो ।
यस्तै, सरकारले चालु आर्थिकको पहिलो त्रैमासमा १ खर्ब ९४ अर्ब ९२ करोड संकलन भएको छ । यो राजस्व संकलन लक्ष्यनजिक छ ।
अर्थ मन्त्रालयका अनुसार २०७७ साउनदेखि असोजसम्म सरकारले राजस्व र अन्य प्राप्तिबाट १ खर्ब ९७ अर्ब ३३ करोड संकलन गर्ने लक्ष्य राखेकामा यो लक्ष्यको तुलनामा ९८.७८ प्रतिशत हो ।

गत आर्थिक वर्षमा तुलना गर्दा राजस्व र अन्य प्राप्ति ३.०९ प्रतिशत वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिमा सरकारले २ खर्ब १ अर्ब १४ करोड राजश्व स्रंकलन गरेको थियो ।यस अवधिमा आयकर लक्ष्यभन्दा बढी संकलन भए पनि भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको राजस्व भने कम भएको छ ।

साउनदेखि असोजसम्ममा शिक्षा सेवा करतर्फको प्राप्तिमा सबभन्दा धेरै वृद्धि देखिएको छ । मन्त्रालयका अनुसार असोजसम्मको शिक्षा सेवा कर गत आर्थिक वर्षको तुलनामा ७५।४२ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.