२०७७ कार्तिक २४ गते १७:५३ विकासन्युज
काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित भएको छ । आज अर्थात कार्तिक २४ गते सम्पन्न कम्पनीको पाँचौं बार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशत का दरले सेयरधनीहरुलाई नगद लाभांस पारित गरेको हो ।
उक्त सभा कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा अनलाईन माध्यम मार्फत समेत सहभागिता जनाई सम्पन्न भएको थियो ।
साथै, आर्थिक वर्ष २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.