शिवम् सिमेन्ट्सको प्रस्तावित नगद लाभांश पारित

  २०७७ कार्तिक २४ गते १७:५३     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित भएको छ । आज अर्थात कार्तिक २४ गते सम्पन्न कम्पनीको पाँचौं बार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशत का दरले सेयरधनीहरुलाई नगद लाभांस पारित गरेको हो ।

उक्त सभा कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा अनलाईन माध्यम मार्फत समेत सहभागिता जनाई सम्पन्न भएको थियो ।

साथै, आर्थिक वर्ष २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.