सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग

  २०७७ कार्तिक ६ गते १७:१९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.