कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाउँदै महिन्द्रा, मूल्य सुची भने यस्तो छ

  २०७७ कार्तिक ५ गते १३:५९     विकासन्युज

काठमाडौं । महिन्द्राले कमर्शियल कार्स सेग्मेन्टतर्फ राम्रो पकड जमाएको छ भन्दा फरक नपर्ला । कार उत्पादकको रुपमा महिन्द्राले ६५ वर्षको अनुभव सँगाल्दै नेपाल र भारत लगायतका देशहरुको अटोमोवाइल क्षेत्रमा बलियो स्थान बनाउन सकेको छ । सन् २०१८ को ‘फोर्चुन इण्डिया ५००’ को सुचीमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतको १७औं उत्कृष्ट कम्पनीको रुपमा पर्न सफल समेत भएको थियो ।

भरपर्दो उत्पादनहरु एकदमै उचित मूल्यमा उपलब्ध गराइरहेको कारणले पनि महिन्द्राले ग्राहकहरुको मन जित्न सफल भएको हो ।

महिन्द्रा कार्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि. रहेको छ । यस कम्पनीले नेपालमा सिङ्गल क्याब, डवल क्याब, जिप टाइप भेहिकल र कार टाइप भेहिकल गरेर ४४ अलग मोडेलहरुको विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार यी मोडेलहरु ११९७ सीसी देखि लिएर २५२३ सीसी सम्मका छन् भने यिनको मूल्य चाहिँ १८ लाख २५ हजार रुपैयाँ देखि लिएर ८६ लाख रुपैयाँसम्म तोकिएका छन् ।

हाल महिन्द्राले नेपालमा उपलब्ध गराइरहेको उत्पादनहरुको मूल्य सुची भने यस प्रकार रहेको छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.