पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा देखियाे काेराेना

  २०७७ कार्तिक १ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताएका छन् ।

यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।

आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.