२०७७ साउन १ गते १८:२९ विकासन्युज
काठमाडौं । सरकारले गण्डकी विश्व विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सुचनामन्त्री डा. युवराज खतिवडाले बताए ।
पुरा पूर्व कालदेखि चलन चल्तिमा रहेका मठमन्दिर बाटो कुलो, जस्ता स्थल पर्ने भएमा सोको सार्वजनिक उपयोगमा असर नपर्ने गरी गण्डकी विश्व विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी गण्डकी प्रदेश सरकारलाई उपयोग प्रयोगका लागि ३५२-१४-१-० रोपनी जग्गा उपलब्ध गराउने निणय भएको उनले बताए ।
यस्तै, तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा न ५ स्थित१७५-०-०-० रोपनी जग्गा पनि गण्डकी सरकारको मातहतमा रहने गरी उपलध गराउने निर्णय भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.