विद्यार्थीलाई दिने अंकमा चलखेल सुरु, मूल्यांकनको विधि राम्रोसँग बुझाउनु पर्ने अभिभावकको धारणा

  २०७७ असार २ गते १४:३७     डाेमी शेर्पा

काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा गर्न सकिने निर्णय गरेसँगै त्यसमा केही चलखेल सुरु भएको छ । चैत ६ गते हुने भनिएको एसईई परीक्षा यो वर्ष कोरोनाको कारण नहुने भएपछि सरकारले विद्यालयले विद्यालयलनै विद्यार्थीको मूल्याकंन गरी अकं दिन सक्ने निर्णय गरेसँगै केही चलखेलहरु बाहिररिन थालेका छन् ।

कोभिड १९ को कारण सरकारले एसईई लगायत सबै तहको कारण परीक्षा रोकेको छ । विशेष गरेर एसईई यो वर्ष नहुने नै भएपछि विद्यार्थीले अंक अर्थात ग्रेट पाउन अधिकार स्वयमं विद्यालयलाई दिइएको छ ।

विद्यालयले आन्तरिक मुल्यांकनका आधारमा विद्यार्थीलाई अंक दिने भन्दै जिम्मेवारी सुम्पिएसँगै यसमा अंकको चलखेल धेरै हुने देखिएको छ । विभिन्न अभिभावकले विद्यालय माथि आफ्ना बालबालिकालाई ए प्लस दिनुपर्ने भन्दै दबाब आउन थालेको सरोकारवालाहरु बताउँछन् ।

अहिले विभिन्न अभिभावकहरुले विद्यालयलाई अर्थात निश्चित शिक्षकलाई सम्पर्क गरेर आफ्ना विद्यार्थीलाई उच्च अंक दिन आग्रह गरिरहेको कुरा बाहिरिएको हो ।

नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी कुनै पनि अभिभावकले त्यसरी आफ्ना विद्यार्थीहरुलाई उच्च नम्बर दिनु भनेर लविङ गर्न उचित नहुने बताउँछन् ।

विद्यार्थीलाई उनीहरुको क्षमताको आधारमा अंक दिइनुपर्ने उनको धारणा छ । तर, सम्बन्धित विद्यालयले अभिभावकलाई विद्यार्थीलाई गरेको मुल्यांकन विधि राम्रोसँग बुझाउनु पर्ने उनी धारणा राख्छन् ।

‘विद्यार्थीलाई मन लागदो अंक दिँदा पनि विद्यालय र शिक्षा प्रणालीप्रतिको धारणा फरक बस्न जान्छ, जे गरे पनि हुँदो रहेछ भन्ने विद्यार्थीले सोच्छन्, कसैको दवावमा नरही सही र यथार्थ मुल्याकंन गरेर अंक दिनु नै राम्रो हुन्छ,’ उनले भने ।

यस्तै, एनप्याबसनका अध्यक्ष रितु राज सापकोटाले अभिभावकले भनेको आधारमा विद्यार्थीलाई अंक दिने कुनै आधार नै नभएको बताएका छन् । ‘केही अभिभावकले त्यस्तो दबाब दिएका होलान् तर त्यसो भन्दैमा विद्यार्थीलाई ए प्लस दिने कुनै आधार नै हुदैन,’ सापकोटाले भने ।

अध्यक्ष सापकोटाले हाल विद्यार्थीलाई कसरी आन्तरिक मुल्यांकनको आधारमा अंक दिने भनेर राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाइरहेका बताए । कार्यविधि बनाइसकेपछि विद्यार्थीले कसरी अंक पाउने भन्ने आधार निर्धारण हुने उनको भनाई छ ।

विद्यार्थीलाई कक्षा १० मा आइसकेपछि लिइएको विभिन्न त्रैमासिक परीक्षाहरुलाई आधार मानेर आन्तिरक मुल्यांकनका अंकहरु दिइने सम्भावना बढी भएको सापकोटाले बताए । ‘विद्यार्थीले दिएको विभिन्न परीक्षाहरुको आधारमा उनीहरुलाई अंक दिन सकिन्छ, तर यो मात्र एउटा आधार भने पक्कै हुनु हुँदैन,’ उनले भने ।

विद्यार्थीले विद्यालयको परीक्षा र बोर्डको परीक्षामा गर्ने मिहेनत धेरै फरक हुने गरेको सापकोटा बताउँछन् । त्यसैले विद्यालयको परीक्षा मात्र आधार बनाए विद्यार्थीहरु माथि न्याए नहुने सापकोटाको तर्क छ । ‘विद्यालयले परीक्षा लिएको एक महिनापछि एसईई हुने गरेको छ । त्यो समयमा विद्यार्थीले धेरै मेहेनत गर्ने गरेका छन्, त्यसलाई पनि एउटा आधार मानेर विद्यार्थीलाई अंक दिईनुपर्छ, सापकोटाले भने ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसईईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

परीक्षा प्रकाशित बोर्डले नै गर्ने

विद्यार्थीहरुको मुल्याकंन सम्बन्धित विद्यालयले नै गरेपनि परीक्षा प्रकाशित भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ ।

सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.