२०७७ जेठ १३ गते ९:५८ विकासन्युज
काठमाडौं । सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेत जिल्लामा काेराेना संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ जना महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको हाे ।
त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय २ जना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.