सुृर्खेतमा थप १२ जनामा काेराेना पुष्टि, कर्णालीमा प्रदेशमा संक्रमितकाे संख्या २३

  २०७७ जेठ १३ गते ९:५८     विकासन्युज

काठमाडौं । सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेत जिल्लामा काेराेना संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ जना महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको हाे ।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय २ जना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.