२०७७ जेठ ६ गते १०:३१ विकासन्युज
काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
मंगलबार १ युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा तोकिएको छ। १ यूरोपियन यूरोको खरिददर १ सय ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ। भने १ बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ४६ पैसा तोकिएको छ । साउदीको १ रियालको खरिददर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा राष्ट बैंकले तोकेको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।१ मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ८६ पैसा तोकिएको छ । १ कतारी रियालको खरिददर ३३ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ तोकिएको छ । १ कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ५ पैसा राष्ट बैंकले तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.