कच्चा तेलको मूल्य प्रतिब्यारे १५ डलर बढ्यो, अझै १० डलर बढ्ने अनुमान

  २०७२ फागुन २५ गते ९:३४     विकासन्युज

काठमाडौं, २५ फागनु । केही साता अगाडिसम्म अपत्यारिलो रुपमा घटेको पेट्रोलिय पदार्थको मूल्य बढ्न थालेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई महिनाकै  उच्च विन्दूमा पुगेको छ । कच्चा तेलको मूल्यमा उछाल आएर प्रतिब्यारेल ४० अमेरिकी डलरको पुगेको छ । यो क्रम जारी रहे अबको दुई महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरसम्म पुग्ने विश्लेषण गर्न थालिएको छ ।

तेलको मूल्य बढ्नुका पछाडि विषेश २ मुख्य कारण रहेको बताइएको छ । पहिलो कारण अमेरिकामा उत्पादनमा कमी आउनु हो भने दोस्रो कारण २० मार्चदेखि कच्चा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले उत्पादनमा भारि कटौति गर्ने संभावना हुनु । यी दुबै कारणले कच्चा तेलको मूल्य बृद्धिमा सहयोग गरिरहेका छन् ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार फ्रेबुअरी महिनामा तेलको मूल्यमा आएको  गिरावटको तुलनामा अहिले कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि भइसकेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११ फ्रेबुअरी २०१६मा सवैभन्दा कम मूल्य कायम भएको थियो । सो दिन कच्चा तेलको मूल्य प्रतिब्यारेज २६ दशमलब २१ अमेरिकी डलर पुगेको थियो । केही सातामै त्यस्तो मूल्य बढेर प्रतिब्यारेल ४० अमेरिकी डलर पुगिसकेको छ ।

विश्व अर्थतन्त्रमा संकट देखा पर्न छाडेको र यसले समेत कच्चा तेलको मूल्यमा अपेक्षित सुधार आएको दाबी केही विश्लेषकको छ । आगामी मे महिनाभित्रमै तेलको मूल्य प्रतिब्यारेल ५० डलरसम्म पुग्नसक्ने आँकलन पनि गर्न थालिएको छ ।

यूबिएस वेल्थ मेनेजमेन्ट नामक कम्पनीलेको दाबी भने रोचक छ । आगामी केही महिनाभित्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५५ डलरको उचाइँमा पुग्न सक्ने उसको पनि आँकलन छ । तर पनि कच्चा तेलको मूल्यले सो विन्दु छुनुभन्दा पहिला मूल्य घटेर प्रतिब्यारेल २५ अमेरिकी डलरसमम झर्न सक्ने कम्पनीको भनाइ छ ।

यो कम्पनीले सन् २०१६ को सुरुवातसँगै बजारमा सन्तुलन देखा परेको र यसले कच्चा तेलको मूल्यमा चमात्कारिक सुधार हुने प्रक्षेपण पनि गरेको छ । उसले बजार सन्तुलन अझ व्यवस्थित भएर सन् २०१६ को अन्तसम्म चाहि कच्चा तेलको मूल्य प्रतिब्यारेल ५५ डलरसम्म पुग्नसक्ने दाबी गरेको छ । रिपोर्ट अनुसार चालु वर्षको ६ महिनापछि तेलको मूल्यमा अझ धेरै र तीव्र सुधार हुनेछ । साउदी अरब, नाइजेरिया र अफ्रिका जस्ता केही देशहरुले आफ्नो बजेटलाई सन्तुलनमा राख्नका लागि समेत तेलको मूल्य जरबजस्त बढाउनुपर्ने अवस्था  रहेको र यो कारणले समेत भाउ बढ्ने प्रतिवेदनको ठोकुवा छ ।

बढ्न सक्ने आधार
१.विश्वमै कच्चा तेलको सबैभन्दा बढी खपत हुने देश अमेरिकामा कच्चा तेलको उत्पादन घटेसँगै समग्र अन्य देशहरुको उत्पादनमा राहात महसुुस भयो र तेलको मूल्यमा एक्कासी सुधार देखियो । अमेरिकी इनर्जी डिपार्टमेन्टका अनुसार अमेरिकामा कच्चा तेलको उत्पादन दैनिक ९० दशमलब ८ लाख ब्यारेलको आँकडामा आइपुगेको छ, जुन नोभेम्बर २०१४ पछि यो सबैभन्दा कम उत्पादनको आँकडा हो । यसको अर्थ अमेरिकाले समेत आफ्नो प्रयोगका लागि अन्य देशबाट तेल खरीद गर्नुपर्नेछ, यसले माग बढी मूल्य समेत बढ्नेछ ।

२.इनर्जी विज्ञका अनुसार अमेरिका तेल खपत गर्ने दुनियाँकै सबैभन्दा ठूलो देश हो । यहाँको अर्थतन्त्र सवल भएसँगै यहाँ तेलको माग ह्वात्तै बढ्ने र यसले समेत समग्र तेलको मूल्यमा उछाल आउने अनुमान छ ।

३.एसएआई नामको इनर्जी कम्पनीको रिपोर्ट अनुसार केही समयमा चिनले समेत कच्चा तेलको आयात बढाउनसक्ने संभावना छ । विश्लेषकले चीनको तेल आयात बढेर ८ लाख ब्यारेल प्रतिदिनसम्म पुग्नसक्छ, जब कि चीनले २०१५ मे महिनामा ६ लाख ७० हजार ब्यारेल मात्र आयात गथ्र्यो । चीनमा तेलको खपत बढ्नुमा त्यहाँ उत्पादित कारहरुको बिक्री ह्वात्तै बढ्नु पनि हो । यसकारण समेत कच्चा तेलको भाउ बढ्नसक्छ ।

४. अन्तराष्ट्रिय संचारमाध्यमले विश्लेषकहरुलाई उद्धृत गर्दै लेखेअनुसार आउने २० मार्चमा कच्चा तेल उत्पादन गर्ने देशहरुको साझा संगठन ओपेकको बैठक हुने प्रवल संभावना छ । यो बैठकले उत्पादन कटौतिको बिषयमा महत्वपूर्ण निर्णय लिने आशा गरिएको छ । यसअघि फ्रेबुअरीमा भएको ओपेक बैठकमा चाहि कुनै पनि बिषयमा सदस्य राष्ट्रबीच सहमति हुन सकेको थिएन । मार्च महिनामा हुनसक्ने भनिएको निर्णयका कारण समेत कच्चा तेलको मूल्यमा अपत्यारिलो उछाल आएको हो । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.