२०७७ जेठ २ गते ११:१८ विकासन्युज
काठमाडौं । चलचित्र ‘मारुनी’ अब डिशहोमको सिनेमाघर बाटै हेर्न पाइने भएको छ । कम्पनीका अनुसार वैशाख ३१ गतेबाट डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा उक्त चलचित्र हेर्न पाइने छ ।
पुनम गौतमले निर्माण गरेकी यो चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ ।
उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्ने छ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.