आर्थिक संकटकाे सामना गर्न थप साझेदारीका साथ अघि बढौं- उद्योग परिसंघ

  २०७७ वैशाख १९ गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले विषम परिस्थितिकाे बेलामा आएको आर्थिक संकटकाे सामना गर्दै साझेदारीका साथ अघि बढ्न श्रमिक वर्गलाई आग्रह गरेको छ । मे १ तारिखका दिन मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समग्र श्रमिक वर्गमा शुभकामना दिँदै परिसंघले उक्त आग्रह गरेको हाे ।

परिसंघले समृद्ध आर्थिक प्रणालीको विकासमा श्रमिक वर्गसंग हातेमालो गर्दै आइरहेकाे छ ।  यसैबाट  दिगो आर्थिक प्रणालीको विकास हुन्छ भन्नेमा गहिरो विश्वास रहदै आएको परिसंघले जनाएकाे छ ।  यसैले श्रमिक दिवसको अवसरमा थप सौहार्दपूर्ण श्रम सम्बन्ध विकासमा साझेदारीका लागि आह्यवान गरेकाे छ ।

‘कतिपय अवस्थाहरु हाम्रो वशभन्दा बाहिर रहन पुग्ने यथार्थ आज हाम्रा सामुन्नेमा छ । कोरोना भाइरसको महामारीले विश्व उत्पादन तथा वितरण प्रणाली ठप्प हुदा विश्व अर्थव्यवस्था नै नराम्ररी प्रभावित भएको छ । यो महामारी, आर्थिक संकट र वेरोजगारीको महामारीरुपमा समेत फैलिरहेको छ । यसबाट नेपाल समेत अछुतो छैन् । अझ, श्रम प्रधान तथा विप्रेषणमा आधारित नेपालको अर्थतन्त्र झनै संकटोन्मुख अवस्थामा पुगेको छ । त्यसैले विग्रदो परिस्थितीलाइ सम्हाल्दै अघि बढ्नु नै  हाम्रा अगाडी सबैभन्दा ठूलो कार्यभार रहन पुगेको आजको दिनमा स्मरण गर्न चाहान्छु ।’- परिसंघले बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.