नेशनल लाईफ इन्स्योरेन्सले भुक्तानी गर्यो एक करोड ८४ लाख रुपैयाँ

  २०७७ वैशाख १८ गते १५:४७     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी(Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो ।

कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ ।

कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।

यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.