कोरोनाको कारण नेपालको पर्यटनमा साढे एक खर्ब क्षति हुन सक्ने, १३ लाख कर्मचारी प्रभावित

  २०७७ वैशाख ८ गते १६:३५     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा निकै असर परिरहेको छ । यो असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । विशेष गरेर कोभिड १९ ले नेपालको पर्यटन क्षेत्रलाई चौपट बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु भएकै समयमा यो भाइरस देखिनुले पनि नेपाली पर्यटन बजारमा यसको ठूलो धक्का लागेको बताइएको छ ।

नेपाल सरकारले कोरोना भाइरसको कारण नेपालको पर्यटनमा करिब १ खर्ब ६० अर्ब क्षति हुने बताएका छन् । कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए ।

पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीको भनाइ छ । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ, यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो,’ उनले भने ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्त्क्रियामा उनले सो कूरा बताएका हन् ।

यकिन तथ्याकं संकलन गरेर विशेष योजना बनाइनेः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनको पुनर्उत्थानका लागि विशेष तथ्याकं संकलन गर्ेर अगाडि बढ्ने बताएका छन् ।

‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए ।

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए ।

मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ? बैंकहरुको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.