बहराइनमा २२ जना नेपालीमा देखियो कोरोना

  २०७६ चैत २७ गते १०:५३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

यस अगाडी १२ जना नेपाली कोरोना संक्रमित रहेको वहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । केहि समय अगाडी सल्माबाद स्थित एक क्यापमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा गरिएकोमा हाल १० जना नेपालीमा कोरोना पुष्टि भएको राजदूतावासले जनाएको छ ।

बहराइनमा थप संक्रमण रोक्ने उद्देश्यले कुनै भेला, सभा, समारोह गर्न रोक लगाएको हो ।  हालसम्म बहराइनमा ८ सय २३ नागरिकमा कोरोना संक्रमण भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ । बहराइनमा कोरोनाको उपचार पछि ४ सय ७७ जना नागरिक निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.