एनसीसी बैंकले कोरोना उपचार कोषमा १ करोड सहयोग गर्ने, सबै प्रदेश सरकारलाई ५/५ लाख

  २०७६ चैत २० गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग निर्णय गरेको छ । बैंकले संघीय सरकारको खातामा ६५ लाख रुपैयाँ र ७ वटा प्रदेश सरकारको खातामा ५/५ लाख रुपैयाँ दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।

बैंककाे निर्णयअनुसार संघीय सरकार र प्रदेश सरकारकाे खातामा आइतबारसम्म पैसा जम्मा गरिने उनले जानकारी दिए ।

संघीय सरकारले ५० करोड रुपैयाँ राखेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ भने प्रदेश र स्थानीय सरकारलाई पनि यस्ताे काेष स्थापना गर्न र स्थानीय तहबाट सहयाेग परिचालन गर्न निर्देशन दिएकाे छ ।

सो कोषमा बैंक, बीमा कम्पनीहरु, सरकारी संस्थानहरु, नियामक निकायहरु, विभिन्न संस्थाका कार्यकारी प्रमुखहरुले आफ्नो क्षमता अनुसार सहयोग रकम जम्मा गर्ने कार्यलाई तिव्रता दिएका छन् । आजै मात्र अर्थमन्त्री डा युवराज खतिवडाले कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.