२०७६ चैत १९ गते १७:१६ विकासन्युज
काठमाडौं । व्यवसायिक घराना गोल्यान गु्रपले माटो ब्रान्डको अर्गानिक तरकारी तथा फलफूल लकडाउनको समयमा मोबाइल भ्यानबाट बजारमा बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नै ब्रान्ड र अन्य किराना पसल तथा स्टोरका सामानहरु पनि मोबाइल भ्यानबाट बिक्री सुरु गरेको हो । मोबाइल भ्यानबाट तरकारी तथा फलफूल गरी दैनिक ३ हजार केजी बिक्री हुने गरेको छ ।
लकडाउनको कारणले बजार धेरै पसलहरु बन्द छन् । संकटका बेला उपभोक्ताले खाद्यान्न,तरकारी र फलफूल सहज तरिकाले पाउने भनेर माटो बान्डले बिक्री सुरु गरेको हो ।
गोल्यान एग्रो प्रालिका निर्देशक लतिका गोल्यानले यस्तो बेलामा उपभोक्ताल सरल र सहज तरीकाले ताजा तरकारी तथा फलफूल उपभोग गर्न पाहुन भनेर मोबाइल भ्यान सञ्चालनमा ल्याएको बताइन् । बजारको अवस्था हेरेर सेवालाई बढाउँदै लैजाने पनि गोल्यानले बताइन् ।
कम्पनीले मोबाइल पसल चलाएको आज ५ दिन भइसकेको छ । एउटा मोबाइल भ्यानबाट सुरु गरेको तरकारी र फलफूलको माग बढन थाले पछि अर्को एउटा भ्यान थपेर सामान बिक्री बढाउन थालिएको छ । माग अनुसार भ्यान थप्ने माटो ब्रान्डको तयारी छ । भ्यान एक ठाउँमा डेढ घण्टा बस्छ र त्यस पछि अर्काे चोकामा जान्छ ।
लतिका गोल्यानले भ्यानले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा दिने गरेको बताइन् । उनले भनिन् तरकारी, फलफुल र खाद्यान्न बिक्री नाफाभन्दा पनि सेवालाई ध्यानमा राखेको छौं ।
भ्यानले अहिले सबै प्रकारका तरकारी, फलफूल ताथा खाद्यान्न बिक्री बिक्री गरिरहेको छ । तरकारी, फलफूल तथा खाद्यान्नमा १ रुपैयाँ नाफा राखिएको माटो ब्रान्डले जाकारी दिएको छ । मोबाइल भ्यानमा १५ जना कर्मचारी खटिएका छन् ।
भ्यानले जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिर, झम्सिखेलको आर्मी ब्यारेक, बालकुमारीको वेस्टार रेसिडेन्सी, डिल्लीबजार चोक, ज्ञानेश्वर, नक्सालको भाटभटेनी, चुनदेवी, महाराजगञ्जको भाटभटेनी, सोल्टीमोड, जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिरलगाउतको ठाउँमा सेवा दिइरहेको छ ।
झापामा २ अर्ब लगानी गरी अर्गानिक तरकारी तथा फलफूल फर्म सञ्चालन गरि काउली, बन्द, टमाटर, फलफुल लगायतका उत्पादन भाटभटेनी र बिगमार्ट सहितका स्टोरहरुमा बिक्री सुरु गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.