एनआईसी एशिया बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १० प्रतिशत छुट

  २०७६ चैत १८ गते १४:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाईनमा रहेको बिगमार्टबाट सामान किन्दा १० प्रतिशत छुट पाउने छन् । उनीहरुले बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने छन् ।

सो सम्बन्धि बैंक र दराजबीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंकका ग्राहकहरूले चैत १८ गते देखि चैत २६ गतेसम्म daraz.com.np मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.