श्री राधा माधव समितिले कोराना कोषलाई १५ लाख दिने

  २०७६ चैत १३ गते १८:२७     विकासन्युज

काठमाडाैं । श्री राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आव्वहान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन १५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम श्री राधा माधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको हो ।

श्री राधा माधव समिति नेपाल, विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय, मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.