अर्थमन्त्री खतिवडाको सांसद पद गयो, दोहोरिएलान् त अर्थमन्त्रीमा ?

  २०७६ फागुन २० गते १५:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पद सकिएको छ । दुई वर्षका लागि सासंद बनेका खतिवडाको कार्यकाल आज (मंगलबार) सकिएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल आज  सकिएकाे हाे । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद गएपनि मन्त्रीको भने यथावथ रहेने बुझिएको छ ।

स्रोतका अनुसार उनी आजै मन्त्री पदबाट राजिनामा दिने भएका छन् । राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ ।

उसाे त अर्थमन्त्री खतिवडाले गत साताकाे बिहिबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै फागुन २१ गते सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सञ्चारकर्मीलाई आग्रह गरेका थिए । त्याे भनाइले पनि  उनी आफू नै अर्थमन्त्री हुने संकेत देखाएकाे बुझ्न सकिन्छ ।

यो सँगै अब उनको अर्थमन्त्री पद जोगिने सम्भावना पनि बढेको छ । केही दिन अगाडि नेकपाका उपाध्यक्ष बामदेव गौतम अर्थमन्त्री डा‍.युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतले  बताइएकाे थियाे । तर, यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.