२०७६ फागुन १९ गते १८:२६ नबिन पाेखरेल
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ ।
निर्जीवन बीमा तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेको तथ्याकंले देखाउँछ ।
सगरमाथा इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा कम्पनीको काम सेवा दिने भएकोले बिमितलाई दिने सेवा सुविधामा कमि नहुने हिसाबले काम गरिरहेका बताए ।
‘बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भइरहेको छ, बीमामा आकर्षण पनि बढ्दो छ, आगामी दिनमा पनि निर्जीवन बीमाको पहुँच बिस्तारमा आफुहरु लागि पर्ने उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.