२०७६ फागुन १६ गते १९:०२ विकासन्युज
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय ८९ जना विद्यार्थी इन्जिनियरलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । कलेजले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल एक सय ८९ जना इन्जिनियरिंङको अध्ययन पूरा गरेका विद्यार्थीको विदाइ गरिएको हो । कलेजको सिभिल इन्जिनियरिंङ र आर्किटेक्ट इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको हो ।
कार्यक्रममा कलेजका सवैजना विद्यार्थीलाई प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ, सहायक प्राचार्य दीपक धामी, एकेडेमिक ओअर्डिनेटर मोहनध्वज केसी, सिभिल विभाग प्रमुख दीव्यश्री लोहणी, आर्किटेक्चर विभाग प्रमुख नसला सायमीलगायतले टिका, अविर, खादालगाएर विदाई गरेका हुन् ।
कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले विद्याथीलाई नैतिकतामा ध्यान दिएर काम गर्न अनुरोध गरे । उनले मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न विद्यार्थीलाई सल्लाह दिए ।
कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका हुन्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.