उपसभामुख छाडेकी डा. शिवमाया तुम्बाहम्फे कानूनमन्त्री बन्दै

  २०७६ फागुन ५ गते १२:०७     विकासन्युज

काठमाडौं । सत्तारुढ नेकपालाई सभामुख पद लिन सहज बनाउन भन्दै उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहम्फे कानून मन्त्री बन्ने भएकी छन् । सभामुख पदमा दाबी गरेकी डा. तुम्बाहम्फेलाई प्रधानमन्त्री तथा नकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह अनुसार नै मन्त्री बनाउन लागिएको हो ।

डा. तुम्बाहम्फेलाई कानुन मन्त्री बनाइने भएको छ । उनको सपथग्रहण कार्यक्रम दिउसो ३ बजेका लागि राखिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघिको मन्त्रिपरिषद पुनरगठनमा तत्कालिन कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ मन्त्री र तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको थियो । प्रधानमन्त्रीले जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट बनेका यादवले पदबाट राजीनामा दिएर उनको पार्टी समाजवादी सरकारबाट बाहिरिएको थियो ।

यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी पनि स्वास्थ्य मन्त्री ढकालले नै सम्हाल्दै आएका थिए । उपसभामुखबाट राजीनामा गराउँदा डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने आश्वासन दिइएको थियो । सोही आश्वासन अनुसार उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.