गुलाफ आयात गर्नुपर्ने बाध्यता, प्रणय दिवसमा मात्रै १ करोड मूल्य बराबरकाे फूल आयात

  २०७६ माघ २७ गते १०:३०     सुनिता पुडासैनी

काठमाडौं । बजारको माग बढेसँगै यस वर्षको प्रणय दिवसमा १ करोडभन्दा बढी रुपैयाँको गुलाफको फूल आयात हुनेछ । नेपाली उत्पादनकाे कमि तथा बजारको बढ्दो मागसँगै यस वर्ष डेढ लाख स्टिम गुलाफको फूल आयात गर्ने फ्लोरिकल्चर एशोसियशनले भारतबाट गुलाफ ल्याउने भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्न गएको हो । गत वर्ष १ करोड २५ लाख रुपैयाँको गुलाफ भारतका विभिन्न शहरबाट आयात भएको थियो । गत वर्ष जस्तै यस वर्ष पनि भारतको नयाँ दिल्दी, ब्याङ्लोर, कलकत्ता लगाएका शहरबाट एक करोड भन्दा बढी रुपैयाँको गुलाफको आयात हुने फ्लोरिकल्चर एशोसियशनका प्रमुख कुमार कसजु श्रेष्ठले बताए ।

अन्य सिजनको तुलनामा प्रणय दिवसलाई नि लक्षित गरी आयात गरिँदै आएको छ । नेपाली बजारमा प्रणय दिवसका लागि मात्र करिब डेढ लाख स्टिम गुलाफको फूलको माग छ । तर उत्पादनको अवस्था अति न्यून छ । जाडो याममा फूलको उत्पादन कम हुनेछ ।

प्रणय दिवसका लागि ३० हजार स्टिम गुलाफ नेपालमा उत्पादन हुन्छन् । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन भइरहेको फ्लोरिकल्चर एशोसियशनका प्रमुख श्रेष्ठले जानकारी दिए ।

गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । रातो गुलाफको प्रतीक मानिने प्रणय दिवस पछिल्लो समय नेपालमा एक पर्वको रुपमा स्थापित भएको छ ।

यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ ७० देखि १ सय रुपैँयासम्म उपभोक्ताले पाउने छन् । हाल नेपालमा १० हजार हेक्टर जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.