घरेलु लघुवित्तले गर्याे काठमाडौंको महांकालमा क्षमता अभिवृद्धि सम्बन्धि तालिम

  २०७६ माघ २५ गते १८:१६     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्तले काठमाडौंको महांकालमा फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको सो लघुवित्त संस्थाले आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको सहभागिता उक्त तालिम सञ्चालन गरेकाे हाे ।

काठमाडौं जिल्लाको महांकालमा वागमती र गण्डकी प्रदेश अन्र्तगतका शाखा कार्यालयमा कार्यरत फिल्ड सहायक कर्मचारीहरुलाई “फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिपकुमार घिमिरेले जानकारी दिए ।

हालसम्म ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ पौष मसान्तसम्ममा ५ हजार २ सय भन्दा बढि घरपरिवारहरुमा लघुवित्तीय सेवा विस्तार गरेको छ । ३ करोडभन्दा बढी निक्षेप संकलन गर्दै २६ करोड भन्दा बढी लगानी गरी सञ्चालन मुनाफा १२ लाख ६८ हजार गर्न सफल भएको छ ।

तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले जनाए ।

कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिपकुमार घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक बारेमा विभागिय प्रमुख अन्जना प्याकुरेल, सुचना प्रविधि, कर्जा सुचना सँग सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा रोशनी श्रेष्ठ तथा वर्तमान अवस्थामा लघुवित्त कार्यक्रममा शाखा कार्यालयले अपनाउनुपर्ने सुरक्षाको बारेमा शाखा प्रबन्धक तुल्सीराम भट्टराईले सहजीकरण गरे ।

फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.