२०७६ माघ १० गते १३:३१ विकासन्युज
काठमाडाैं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने कञ्चनपुर शुकलाफाटाका नगरपालिका ९ का राजेश बमलाई बैंकिङ कसुर अन्तर्गत जरिवाना गरेको छ । उनलाई उच्च अदालतले ५ दिन कैद ३ लाख ५० हजार जरिवाना गरेको छ ।
उनले आफ्नो खातामा प्रयाप्त रकम नभएको थाहा हुदाहुदै माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट जाहेरवाला विकाश थापाले भुक्तानी पाउने गरी ३ लाख ५० हजार रुपैयाँका चेक काटेका थिए ।
बमलाई माघ ८ गते काठमाडौंको कलंकीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा पेश गरेको थियो । उनी हाल काठमाडाैंकाे कलंकी बस्दै आएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.