बाउन्स चेक काट्दा राजेश बमलाई ५ दिन कैद, साढे तीन लाख जरिवाना

  २०७६ माघ १० गते १३:३१     विकासन्युज

काठमाडाैं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने कञ्चनपुर शुकलाफाटाका नगरपालिका ९ का राजेश बमलाई बैंकिङ कसुर अन्तर्गत जरिवाना गरेको छ । उनलाई उच्च अदालतले ५ दिन कैद  ३ लाख ५० हजार जरिवाना गरेको छ ।

उनले आफ्नो खातामा प्रयाप्त रकम नभएको थाहा हुदाहुदै माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट जाहेरवाला विकाश थापाले भुक्तानी पाउने गरी ३ लाख ५० हजार रुपैयाँका चेक काटेका थिए ।

बमलाई माघ ८ गते काठमाडौंको कलंकीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा पेश गरेको थियो । उनी हाल काठमाडाैंकाे कलंकी बस्दै आएका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.